मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

नवलपुर टुडे

सारांश
- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९४.९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
- साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोडको लक्ष्य रहेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार राजस्व उठेको छ।
- असोज महिनामा सबैभन्दा बढी ९९.५९ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।
महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा रु एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा रु चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















