बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

एजेन्सी

सारांश
- बलिउड अभिनेता तुषार कपुरलाई लरेन्स बिश्नोई ग्याङको नाम लिँदै ५ करोड भारु फिरौती र ज्यान मार्ने धम्की आएको छ।
- घटनालगत्तै अभिनेता कपुरले मुम्बई प्रहरीमा उजुरी दिएपछि एन्टी–एक्सटर्सन सेल र क्राइम ब्रान्चले अनुसन्धान थालेका छन्।
- प्रहरीले गरेको प्राविधिक जाँचमा धम्की दिने व्यक्तिको आवाज शंकास्पद देखिएकाले कसैले त्रास फैलाउन ग्याङको नाम दुरुपयोग गरेको आशंका गरिएको छ।

मुम्बई । बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की आएको छ । सो क्रममा ५ करोड (भारु) फिरौती माग गरिएको अमर उजालाको समाचारमा उल्लेख छ । कथित रूपमा लरेन्स बिश्नोई ग्याङको सदस्य बताउने ‘ह्यारी बक्सर’ नामको व्यक्तिले फोन गरेर अभिनेतालाई धम्की दिँदै रकम माग गरेको उक्त समाचारमा उल्लेख छ ।
यस घटनाको विषयमा अभिनेता कपुरले मुम्बई प्रहरीलाई उजुरी दिएका छन् । उक्त उजुरीपछि प्रहरीले यस घटनाको अनुसन्धान ‘एन्टी–एक्सटर्सन सेल’ र ‘क्राइम ब्रान्च’लाई सुम्पेको छ ।
वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार, दुवै आवाज मेल नखाएपछि उक्त कल नक्कली भएको आशंका गरिएको छ । कसैले त्रास फैलाउने उद्देश्यले लरेन्स बिश्नोई ग्याङको नामको दुरुपयोग गरेको देखिएको हो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
अरुपनि पढ्नुहोस
सबै
सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
















