सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

रासस

सारांश
- दाङकी वसन्ता गिरी विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरी सिन्कामारी रोटीको व्यवसायमा व्यस्त छिन् र यसबाट उनलाई राम्रो आम्दानी भइरहेको छ।
- चामलको पिठोबाट मेसिनद्वारा तयार पारिने यो रोटी तिहार तथा विवाहको सिजनमा अत्यधिक बिक्री हुने गरेको छ भने यसको बजारको कुनै समस्या छैन।
- फुर्सदको समयको सदुपयोग गर्दै सुरु गरिएको यो व्यवसायबाट महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् र यसले पारिवारिक आर्थिक स्तर उकास्न सहयोग पुगेको छ।

दाङ । दाङ लमही नगरपालिका–५ कोलहीमा बस्दै आएकी वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त छिन्। उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताइन्।
गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आएका उनलाई विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी बेच्न आजभोलि भ्याइनभ्याइ भएको छ । उनले बनाएको सिन्कामारी अहिले लमही बजारसँगै नजिकका गाउँहरुमा बिक्री हुने गरेको छ । उनले धेरैजसो घरबाट नै बिक्री गर्दै आएका छन् । तिहारको समय र बिहेको सिजनमा बढी बिक्री हुने गरेको उनको भनाइ रहेको छ ।
“फुर्सदको समय यत्तिकै बिताउनुभन्दा यो काम गरेपछि आयआर्जन पनि भएको छ,” उनले भनिन्, “सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगको साथै आयआर्जनको अवसर मिलेको छ ।” हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको खपत धेरै हुनेगर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार गर्नेको कमाइ भने राम्रो रहेको उनको अनुभव रहेको छ ।
धेरैजसो ग्राहक घरमै पनि लिन आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । तिहारको समयमा यसको माग पनि राम्रो हुने भएकाले बिक्री गर्न सजह हुने गरेको गिरी बताउछिन् । उनले एक दर्जनलाई थोकमा रु २५० का दरले र होलसेलमा रु ३०० का दरले बिक्री गर्दै आएको सुनाइन् ।
उनीसँगै जिल्लामा पछिल्लो समय तिहारलाई लक्षित गरेर सिन्कामारी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । यसका कारण यामको व्यापारले घरको आर्थिक पार्जनमा समेत थप टेवा पुग्ने गरेको उनको अनुभव रहेको छ ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















