भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका

नवलपुर टुडे

सारांश
- भुटानको गासा र पुनाखा जिल्लामा गएराति आएको भीषण बाढीले सडक र भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ।
- सिन्ताफु हिमताल विस्फोट भएको आशंका गरिएको यस घटनाका कारण लाया क्षेत्रसँगको सडक सम्पर्क टुटेको छ भने स्थानीय र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
- मो छू नदीको जलस्तरमा निरन्तर निगरानी राखिनुका साथै तल्लो तटीय क्षेत्रमा साइरनलगायतका सतर्कता अपनाइएको छ भने हालसम्म मानवीय क्षतिको विवरण आएको छैन।

काठमाडौं । भुटानमा गएराति आएको भीषण बाढीले गासा र पुनाखा जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीले सडक, सिँचाइ प्रणाली तथा संरचनामा क्षति पुर्याएपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) भएको आशंका गरिएको छ ।
भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ भने पुनाखा–गासा राजमार्गको जोमलिङथाङ खण्डमा सडक बगाएको छ । सडक अवरुद्ध हुँदा लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।
बाढीको कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ । उक्त ताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । यद्यपि, हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी, कर्मचारी, स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । पुनाखाको येबिसा क्षेत्रमा बाढीको पानी पुगेपछि सेन्ट्रल स्कुलका आवासीय विद्यार्थीलाई समेत अग्लो स्थानमा स्थानान्तरण गरिएको छ ।
भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको जलस्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा साइरनसमेत सक्रिय पारिएको छ ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















