सिरहामा फेक टिकटक आईडीबाट अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

नवलपुर टुडे

सारांश
- सिरहाको औरही गाउँपालिकाबाट गाउँकै व्यक्तिहरूको फोटो र भिडियो अश्लील गीतमा जोडेर टिकटकमा प्रसारण गरेको आरोपमा २३ वर्षीय सञ्जयकुमार यादव पक्राउ परेका छन्।
- पीडितहरूको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी कात्तिक ११ गते यादवलाई उनकै मोबाइलसहित नियन्त्रणमा लिएको हो।
- प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नै मोबाइलबाट नक्कली टिकटक आईडी बनाई उक्त कार्य गरेको स्वीकार गरेका छन् भने प्रहरीले उनलाई साइबर अपराधअन्तर्गत राखेर थप अनुसन्धान गरिरहेको छ।

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाइएको थियो । उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्याइएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट उक्त फेक टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् ।
उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















