ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

नवलपुर टुडे

सारांश
काठमाडौं, भदौ १९। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए ।
उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख गर्दै बाढीपहिरोले क्षति पु¥याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ । राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ ।’
ओलीले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामका लागि धन्यवाद दिँदै अन्य प्रदेश सरकार तथा दाताहरूलाई समेत सहयोग जारी राख्न आग्रह गरे ।
उनले भने, ‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाइ सहयोग पुग्छ । कतिपय ठाउँका झोलुङ्गे पुल निर्माण गर्ने, बाटोहरु निर्माण गर्ने कामहरु भइरहेको छ । प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु र विभिन्न प्रदेश सभाहरुले सहयोग पुर्याइरहेका छन् । अरु विभिन्न दाताहरुबाट पनि सहयोग जुटिरहेको छ । उहाँहरु सहयोगी मनका दाताहरुलाई धन्यवाद भन्न चाहन्छु ।
यसैगरी ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गरेका छन् । तर सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो ।
नेपाली सेना राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए ।न्यूज बैंक

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















