झापाको दमकमा १३ वर्षीया बालिकालाई होटलमा पुर्याएर यौन धन्दामा लगाउने २ जना पक्राउ

नवलपुर टुडे


झापा । झापाको दमकमा १३ वर्षीया बालिकालाई ललाइफकाइ होटलमा पुर्याएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको केराबारी गाउँपालिका- ९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिका र झापाको दमक नगरपालिका- ८ बस्ने ५५ वर्षका गणेशप्रसाद अधिकारी रहेका छन्।
गत साउन ३१ गते घरबाट आफूखुसी हिँडी सम्पर्कविहीन भएकी ती बालिकालाई खोजतलास गरिपाउँ भनी आफन्तले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो। अनुसन्धानका क्रममा पार्वती ऋषिकाले ती बालिकालाई ललाइफकाइ गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्याएको खुलेको छ।
सो होटलमा लगेर बालिकालाई यौन धन्दामा लगाइएको पाइएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















