लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट

एजेन्सी


काठमाडाैँ । पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीहरूले जनाएका छन् ।
यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल–सिक्त क्षेत्रमा रहेको जनाइएको छ ।
लिबिया सरकारका कार्यवाहक आन्तरिक मन्त्रीले अल–सिक्त क्षेत्रको गोला बारुद र हतियार भण्डारणमा भएको विस्फोटबारे निर्देशन जारी गरेको सुरक्षा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विस्पोट स्थल र वरपरका क्षेत्रहरूको सर्वेक्षण गर्न र विस्फोटका अवशेषहरू सङ्कलन गर्न सुरक्षा टोलीहरू पठाइएको विज्ञप्तिमा जनाइएको छ । विस्फोटको कारण वा क्षति बारेमा आल सम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन नसकेको जनाइएको छ ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















