सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

नवलपुर टुडे


काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने कार्यसूची रहेको छ । आजका दुवै बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्नेछन् ।
त्यसैगरी, १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















