विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

रासस
२०८३ साउन २१ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ । काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरुलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद रु ५० हजारसहित तीन जना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवानलाई पक्राउ गरिएको थियो ।
झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–९दुधे बस्ने काभ्रे रोशी गाउँपालिका–१२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।






















