जातीय भेदभाव हटाउन सांसदकाे माग

रासस
२०८३ असार १५ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे।
सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिए।
























