अपराध, घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
लाम्पाटाको घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याउदा प्रशासन अगाडि विरोध कार्यक्रम गरिने


बाजुरा , जेठ २५ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटामा भएको एकतर्फी आक्रमणमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा नल्याएको हुँदा दुइदिन रानीसैन संघर्ष समिति हिमाली गाउँपालिका बाजुरा द्वारा हाम्रो विरोध कार्यक्रम जिल्ला प्रशासन कार्यालय अगाडि बढाउने जनाएको छ ।
जेठ ३ गते हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थित लाम्पटा च्याचौरमा, स्थानीय बासिन्दा तथा वडा सदस्य पेमा गरा गुरुङ लगायत पाँच घरपरिवारका मानिसहरूमाथि सीमा विवादको नाममा हुम्ला जिल्लाको वडा नम्बर २ स्थित खार्पुनाथ गाउँपालिकाका बासिन्दा थाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवराज रावल र वडा अध्यक्ष चन्द्र रावलको नेतृत्वमा २/३ सय जनाको समूहले निर्मम आक्रमण गरेको थियो ।
उनीहरूलाई तीन दिनसम्म घरमै बन्धक बनाइयो । ज्यान मार्ने धम्की दिइयो, सहमति बिना विभिन्न कागजातमा औंठाछाप लगाउन बाध्य पारियो । उनीहरूको सम्पत्ति लुटियो, सोही स्थानमा निर्माणाधीन प्रहरी चौकी भवनको निर्माण सामग्रीहरू नष्ट गरियो । घटना भएको २२ दिन बितिसक्दा पनि राज्यबाट कुनै ठोस निर्णय आएको छैन ।
दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएन र प्रशासनलाई बारम्बार सूचना दिँदा पनि राज्य मौन भएको बताएका छन । त्यसैले हिमाली गाउँपालिकाको वडा नम्बर ३ लाम्पाटामा भएको एकतर्फी आक्रमणमा संलग्न सबैलाई २५ गतेसम्म कानुनी कारबाहीको दायरामा ल्याइएन भने हामी तपाईंलाई हाम्रो विरोध कार्यक्रमहरू अगाडि बढाउने जानकारी गरिएको रानीसैन संघर्ष समिति अध्यक्ष विनोद बुढाले बताउनुभयो ।
विरोध कार्यक्रमहरू सफल बनाउन नौँ वटा पालिकाको उपस्थितिको लागि हार्दिक अनुरोध समेत गराएको छ । विरोध कार्यक्रम २६ र २७ गते बिहान ११ बजे देखि जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरिनेछ । २८ गतेदेखि कर्णाली करिडोर यातायात पूर्ण रूपमा अनिश्चितकालका लागि बन्द रहने जनाएको छ ।
























