घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरा देखि हुम्लासम्म सडक खुल्ला, चौबीस घण्टा भित्र माग पूरा नभए पुनः बन्द गर्ने निर्णय


बाजुरा , जेठ ८ । हिमाली युवा क्लब र हिमाली गाउँपालिकाका राजनीतिक दलहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल गुल्म है.क्वा. बाजुरा बिच सम्झौता भएको छ । जेठको ४ गतेसम्म हिमाली गाउँपालिकाको -३ को लाम्पटामा, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाहरूले लगातार लाम्पटापाटाका स्थानीय बासिन्दाहरूलाई उनीहरूको घरमा बन्दी बनाएर, निर्ममतापूर्वक कुटपिट र लुटपाट गरे र आफ्नो इच्छा अनुसार काम गर्ने गरेका छन ।
जेठ ५ गते सोही समूहले हिमाली गाउँपालिका र धनगढी उपमहानगरपालिकाको टोलीलाई आक्रमण, लुटपाट र लखेटे। उक्त घटनाको स्पष्ट अनुसन्धान गर्न, हिमाली युवा समूहले हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आयोजना गरिएको हो । शुक्रबार दिउँसो हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दलहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल गुल्म मुख्यालय, बाजुराबीच सम्झौता गरिएको हो ।
हिमाली गाउँपालिकाको -३, लाम्पाटा भएको घटनाको स्थलगत निरीक्षण गर्ने र स्थलगत प्रतिवेदन तयार गर्ने, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ र ३ बाट घटनामा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र स्थानीय बासिन्दा र भ्रमण गर्ने पर्यटकहरूबाट लुटिएको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको लागि पीडितलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
लाम्पाटा भएको घटनामा निर्मम कुटपिट गरिएका स्थानीयहरूको उपचारको जिम्मेवारी जिम्मेवार पक्षले लिनेछ र पीडितहरूलाई उनीहरूको उपचारको लागि पूर्ण क्षतिपूर्ति प्रदान गर्नेछ । लाम्पाटा र चियाचौर विस्थापित परिवारहरूको सुरक्षा स्थापना र प्रत्याभूति गर्ने र च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवनको क्षतिग्रस्त सामग्रीको क्षतिपूर्ति प्राप्त गर्ने र निर्माण कार्यको लागि आवश्यक प्रक्रिया तुरुन्तै अगाडि बढाउने सम्झौता गरिएको छ ।
कानुनी प्रक्रियाको लागि २४ घण्टा भित्र यातायात सञ्चालन गर्ने र सो अवधि भित्र कानुनी प्रक्रिया अगाडि नबढेमा अनिश्चित कालसम्म आवागमन पुनः सुरु गर्ने निर्णय गरेर सम्झौता पत्र निकालेको छ ।






















