बालेन नेतृत्वकाे सरकारलाई कमल पाेखरी निर्माण गर्नु पर्नेमा ध्यानाकर्षण


काठमाडाैं । माइतिघर मण्डलामा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले कमल पाेखरी निर्माण गर्नुपर्नेमाग सहित प्लेकार्डसहित आज विराेध प्रर्दशन गरेका छन् । उनीहरूले रास्वपा बालेन नेतृत्वकाे सरकारलाई जाेड्दा मागसहित पलेश्वां पुखू (कमल पाेखरी) मा छाँया देवी कम्प्लेक्स अविलम्ब भत्काएर कमल पाेखरी स्थापना गर्नुपर्नेमा ध्यानाकर्षण समेत गरेका छन् ।
नेवार समुदायकाे मात्रै नभई दशकै धराेहरकाे रूपमा रहेकाे बाैद्व सम्पदा थँबहीमास्थित एैतिहासिक सांस्कृतिक तथा पुरातात्विक रूपमा समेत महत्वपूर्ण रहेकाे सार्वजनिक पलेश्वां पुखू (कमल पाेखरी) मा छाँया देवी कम्प्लेक्स अविलम्ब भत्काउनु पर्ने माग सहित करिब १४ बर्ष मुद्वा निरन्तर रूपमा चल्दै आएकाे छ । करिब १०० जना सम्पदाप्रेमीहरूले Newa: Buddhist Heritage Area Thamel ChhayaDevi Complex VS Paleswa: Pukhu Complex is built illegally, Over the Holy Buddhist Lotus Pond ”रानी पोखरी पुनःनिर्माण गरे जसरी नै ठमेलस्थित असान्दर्भिक छाँयादेवी कम्प्लेस भत्काएर कमलपोखरी पुनःनिर्माण गर्नु कानुनी र ब्यवहारिक रुपमा न्याय हो ।” जस्ता प्लेकार्ड बाेकेर प्रर्दशनीमा उत्रिएकाे थियाे ।
सम्पदा संरक्षण समाज नेपाल र आदिवासी नेवा: राजनीतिक अभियानकाे संयुक्त प्ले कार्ड प्रदर्शन गरेका थिए । आज सर्वोच्च अदालतको पूर्ण इजलासमा पेशी परेकाेमा प्रत्यर्थीकाे कानून व्यसायीबाट स्थगित गरिएकाे छ । स्राेतका अनुसार यही जेष्ठ २१ गते अर्काे पेशी परेकाे जानकारी प्राप्त भएकाे छ ।



























