मौसम

आज नयाँ वर्षको पहिलो दिन मौसम कस्तो हुनेछ ?

नवलपुर टुडे
२०८३ बैशाख १ | बिहान ०५:०१ बजे

काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन (वैशाख १) वर्षाको त्यस्तो खासै गतिविधिहरू देखिँदैन । जल तथा मौसम विज्ञान विभागका अनुसार, एक–दुई स्थानहरूमा, विशेष गरी पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ, जुन विशेष गरी स्थान वायुको कारणले वर्षाको सम्भावना देखिन्छ ।

आज दिउँसो देशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । “देशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ । 

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोसी र गण्डकी प्रदेशको पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार, राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । 

कमेन्टहरु