अबुधाबीमा इरानी प्रत्याक्रमणमा मारिएका नेपाली गोरखाका दिवस श्रेष्ठ

नवलपुर टुडे


काठमाडौ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा मारिएका नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार २९ वर्षे श्रेष्ठ अस्ति इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि भएको इरानी प्रत्याक्रमणमा मारिएका हुन् ।
उक्त घटनामा पाकिस्तान र बंगलादेशका पनि एक/एक जना मारिएका छन् । अबुधाबीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत श्रेष्ठको निधन भएको दूतावासले जनाएको छ ।
परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर स्वदेश फिर्ता गरिने जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वका अधिकांश मुलुकले हवाइ क्षेत्र बन्द गरेकाले अधिकांश उडान ठप्प छ । हजारौं यात्रु मध्यपूर्व र अन्यत्र मुलुकमा रोकिएका छन् ।
मध्यपूर्वका विभिन्न मुलकमा रोजगारीका लागि झण्डै २० लाख नेपाली पुगेका छन् ।

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















