अमेरिकामा मारिएका तीनै जना उदयपुरको बेलका नगरपालिकाका भएको पुष्टि

नवलपुर टुडे


उदयपुर । सोमबार अमेरिकाको भर्जिनियामा भएको हत्या काण्डमा मारिने तीनै जना उदयपुरको बेलका नगरपालिका ९ रामपुर बजारका रहेको खुलेको छ ।
उदयपुरको बेलका ९ रामपुरका स्थानीय जयराम मगरले दिएको जानकारी अनुसार गत कार्तिक महिनामा अमेरिकामा रहेका आफ्नो छोरी ज्वाइँले बोलाएर बेलका ९ रामपुरका छत्र बहादुर थापा क्षेत्री र निजकी श्रीमती विमला थापा अमेरिका गएका थिए ।
छत्र बहादुर थापा मानसिक रोगी भएकोले उपचार गराइरहेका थिए । तर सोमबार छत्र बहादुरले अकस्मात् आफ्नी श्रीमती विमलालाई आक्रमण गरेर हत्या गरे । छोरी ममता थापा बस्नेतले विभत्स घटनादेखेपछि बुवालाई गाली गर्न लाग्दा छत्र बहादुरले छोरीमाथि पनि आक्रमण गरेर हत्या गरेका थिए । आक्रमण रोक्न खोज्दा छत्रका ज्वाइँ सन्तोष बस्नेत घाइते भएका छन् भने डेढ वर्षिया नातिनी भने सकुशल रहेको बताइएको छ ।
अमेरिकी प्रहरीमा यो घटना बारे जानकारी दिएपछि प्रहरीले छत्र बहादुरलाई पटक पटक नै आत्मसमर्पण गर्न भनेकामा नमानेपछि अमेरिकी प्रहरीले ठाउँको ठाउँमै गोली हानेर ज्यान लिएको थियो ।
बेलका नपा ९ का वडाध्यक्ष भरत घिमिरेले अमेरिका छत्रसहित ३ जनाको ज्यान गएको जानकारी दिंदै छत्रको घर रामपुरमा अहिले रुवाबासी छ भने घरमा अविवाहित १ छोरा र १ छोरी रहेका छन् । छत्रका २ छोरी मध्ये जेठी छोरीको विवाह भै एक नातिनी रहेको र छोरी, ज्वाइँ , डेढ वर्षकी नातिनी सहित केही वषदेर्खि छोरी अमेरिका बस्दै आएकी थिइन ।
यस विषयमा उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईले आफूले पनि सामाजिक सञ्जालबाट बेलका ९ का तीन जनाको अमेरिकामा ज्यान गएको जानकारी पाएको र रामपुरस्थित ट्राफिक प्रहरी विटसँगै घर रहेको भन्ने जानकारीसम्म पाएको र आधिकारिक रुपमा कुनै जानकारी नआएको बताए ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















