Opens in a new tab

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

रासस

29Shares
dida bag ad

पर्वत, माघ २१। स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।

फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो । स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले राससलाई जानकारी दिनुभयो ।

“सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ । हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

अरुपनि पढ्नुहोस

सबै

मिथिलामा ‘लबान’ को लहर

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे