खडेरीले हिउँदे बालीमा हानि

रासस


दशरथचन्द (बैतडी), माघ ३। लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ । यहाँ पानी नपरेको महिनौँ भइसक्यो । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन् ।पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन् । खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताउनुभयो । “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको छ”, उहाँले भन्नुभयो ।
हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताउनुभयो । बाली लगाउने बेलामा पनि पानी नपर्दा बीउ उम्रिन नपाएको उहाँले बताउनुभयो ।
बैतडीमा २५ हजार ७०० हेक्टरमा खेती हुने गरेको छ । जिल्लाको १० हजार ९०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । जिल्लाको १५ हजार ४०० हेक्टरमा गहुँ, ७०० हेक्टरमा जौ, ३०० हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र पाँच हेक्टरमा केराउखेती हुने गरेको कृषि ज्ञानका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

अरुपनि पढ्नुहोस
सबै
झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल
















