यो वर्ष तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

रासस


दमौली (तनहुँ), मंसिर १९ । यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले राससलाई बताउनुभयो । छ हजार ३४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ । हालैको बेमौसमी वर्षाले रु एक करोड बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

जुवातासको खालबाट ४९ जना पक्राउ

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड

सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
अरुपनि पढ्नुहोस
सबै
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
















