चितवनका केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण

रासस

सारांश
चितवन, मंसिर १७। जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो ।
पश्चिम चितवनमा केराखेती गर्दै आउनुभएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।”
जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिका फार्मलाई पूर्ण रूपमा निर्मलीकरण नगरी केराका नयाँ बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।
जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
अरुपनि पढ्नुहोस
सबै
बुढीगण्डकी बाढी: ३२१ जनाको उद्धार, ६.१७ किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी

गृहमन्त्री सुधन गुरुङ दिल्लीमा

नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी भारतीय सहित ३ जना पक्राउ















