हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

रासस

सारांश
मध्यविन्दु (नवलपरासी), मंसिर १४। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आउनुभएको छ । दुई बिघामा खेती गर्नुभएका उहाँले लागत खर्च कटाएर वार्षिक रु २० लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।”
धान बालीमात्र लगाउँदै आउनुभएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आउनुभएको छ । “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा रु दुई लाखसम्म आम्दानी हुने गरेको छ”, परियारले भन्नुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।
समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पु¥याउन पनि पालिकाले सहयोग गर्दै आएको छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















