स्वामीकार्तिक खापर गाउँपालिकाले तीन बुँदे माग मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाए

उमेश रोकाया


बाजुरा, मंसिर ९ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले तीन बुँदे माग सहित सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन–पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विशेष ज्ञापन–पत्र बुझाएको गाउँपालिकाकी उपाध्यक्ष सुलोचना भण्डारीले बताउनुभयो ।
२०३३ साल अघिसम्म जुम्लासँग, २०३८ सालसम्म कालिकोटसँग र त्यसपछि पनि यातायातका हिसाबले सुदूरपश्चिम सँग नजोडिएको क्षेत्र पुस्ताले पुस्तौँदेखि यातायात अभावको मारमा सहनुपरेको जनाएको छ। कर्णाली पुननिर्माणका लागि प्रदेश सरकारबाट विनियोजित बजेट सुनिश्चित गर्दै डीपीआरअनुसार यथाशक्य छिटो ठेक्का प्रक्रिया अघि बढाउने ।
मुगुको खत्याड गाउँपालिकाको झुगला हुँदै जेरा, देउरा मन्दिर, सुईजिउला, भाम, मुक्तिकोट, फयालगाउँ हुँदै कालिकोटको पलाता गाउँपालिका रानीविसौना पुलाहा सम्मको मोटरबाटो निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने। प्राचीन कैलाश–मानसरोवर मार्गको प्रवर्द्धन गर्दै पिलुपादुका देखि देउरा मन्दिर जोड्ने जिपलाइन परियोजनालाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी अघि बढाउने । गाउँपालिकाले दीर्घकालीन विकासका लागि सडक पहुँच अत्यावश्यक भएकोले प्रदेश सरकार तर्फबाट पहलको अपेक्षा राखेको जनाएको छ ।

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















