नेपाल मगर भूतपूर्व सैनिक–प्रहरी संघ केन्द्रीय समितिको चौथो बैठक पाल्पामा सम्पन्न


पाल्पा, मंसिर ६ । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक लुम्बिनी प्रदेशको पाल्पा तानसेन नगरपालिका–६ मा शुक्रबार सम्पन्न भएको छ।बैठक संघका केन्द्रीय अध्यक्ष हस्तबहादुर थापा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य मेजर चोकबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न गरेका हुन ।
बैठकले संस्थाको आर्थिक कारोबार पहिलाको अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा रहेको बैंक खातालाई वर्तमान समितिको नाममा पुनःसञ्चालन गर्ने निर्णय पारित गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को आर्थिक लेखा परीक्षण गराउने जिम्मेवारी तोकिएको छ । बैठकमा नेपाल मगर संघका केन्द्रीय सदस्य चन्द्र बहादुर राना मगर, संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार हुम बहादुर थापा मगर, लुम्बिनी प्रदेश अध्यक्ष तेक बहादुर थापा मगरलगायतको सहभागिता रहेको थियो ।
संघको नवीकरणका लागि आवश्यक कागजात पूरा गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नवीकरण प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ । साथै संघको साबिकको विधान संशोधन कार्यका लागि अध्यक्ष, महासचिव र संगठन सचिवलाई जिम्मेवारी दिएको महासचिव मन बहादुर थापा मगरले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।




















