नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

नवलपुर टुडे


त्रिवेणी (नवलपरासी), कात्तिक २७। धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ ।कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब रु एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताउनुभयो ।
नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो । अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताउनुभयो ।
धानको उचित मूल्य नपाएको किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरुले नपाएको गुनासो गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ कायम गरेको छ । तर किसानहरुले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् ।
कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गर्नुभयो । उहाँले सरकाले भनेकोभन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गर्नुभयो । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरुलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल रु दुई हजार ८०० देखि रु तीन हजार १०० भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । उहाँले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गर्नुभएको छ ।

जुवातासको खालबाट ४९ जना पक्राउ

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड

सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
अरुपनि पढ्नुहोस
सबै
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
















