छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

रासस


मुस्ताङ, कात्तिक २० । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो ।
हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए ।
रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।
पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

ग्रीनल्यान्ड स्कुलमा तीन दिने खेलकुद सम्मेलन सुरू

नवलपरासीका पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सामूहिक गिरफ्तारी दिदै

वित्तीय उत्पीडित तथा किसान मजदुर संगठनकाे रुपन्देही जिल्ला समिति र कार्यलय निर्माण

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा
अरुपनि पढ्नुहोस
सबै
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता
















