जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने

उमेश रोकाया


बाजुरा , कार्तिक ४ । जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने भएको हो ।
यस वर्षको भाइटीका कात्तिक ६ गते छ । उक्त अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनवाई र पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि मात्रै जिल्ला अदालत खुल्ला रहने जिल्ला अदालतले जनाएको छ । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला हुने जानकारी दिइएको छ ।
‘ दिपावली २०८२ को अवसरमा मिति २०८२/७/३ देखि ७ गतेसम्म अदालत बन्द रहने भएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने विशेष व्यवस्था अन्तर्गत भाइटिका र शनिवार बाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
<span;>हेर्नुहाेस् सूचना ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















