देश

सिरहाको लहानबाट लागूऔषधसहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०६:०४ बजे

जनकपुरधाम । सिराहाको लहान नगरपालिका-१ बाट लागु औषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ निवासी २६ बर्षीय प्रभुनारायण सिंह रहेको छ ।

को.२६प १८९ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई आईतबार राति नियन्त्रणमा लिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सिंहको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद गरिएको छ ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु