अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

रासस


फुङ्लिङ, कात्तिक ३। ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।
फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उहाँले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहनु भएको छ ।“चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।” उहाँले भन्नुभयो,“छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।”
किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उहाँको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ ।
जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताउनुभयो ।
अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् ।

जुवातासको खालबाट ४९ जना पक्राउ

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड

सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
अरुपनि पढ्नुहोस
सबै
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
















