रूसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीमा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश

नवलपुर टुडे


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।
ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुनेछैन ।”
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तयारी’को प्रयास भएको बताएका छन् । “उनी परमाणुबारे कुरा गर्दै थिए । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । र हामी पूर्ण रूपमा तयार छौँ,” ट्रम्पले भने ।
रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको थियो ।
दुई आणविक शक्तिराष्ट्रका नेताबीचको यस प्रकारको सार्वजनिक द्वन्द्व र आणविक पनडुब्बी तैनाथीको घोषणालाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले गम्भीरतापूर्वक लिएका छन् ।
यसले गलत अनुमान र विश्वव्यापि तनाव अझ बढ्नसक्ने जोखिम रहेको उनीहरूको भनाइ छ । सीएनएन

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















