Opens in a new tab

पाल्पा रामपुरका कृषकलाई अनुदानमा मौरी घार वितरण

नवलपुर टुडे

29Shares
dida bag ad

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ। मौरीपालन व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो। किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनु भएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताउनुभयो। नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो।

नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न मौरीको घार वितरण गरिएको बताए। मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिए।

अरुपनि पढ्नुहोस

सबै

मिथिलामा ‘लबान’ को लहर

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे