जिप दुर्घटनामा परी घाइते दुई जनालाई हेलिकप्टरमार्फत उद्धार

उमेश रोकाया


बाजुरा , जेष्ठ १३ । जगन्नाथ गाउँपालिका २ काडाँकोटमा नेपाल टेलिकमको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत नेपागञ्ज लगिएको छ । नेपाल टेलिकमको टावर मर्मतका लागि गएको बा ५ च २२०९ नम्बरको जिप मंगलबार विहान ९ः३० बजे काडाँकोटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीया नन्दराम तिरुवा र २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते भएको थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत कोल्टी अस्पतालमा ल्याएको थियो । कोल्टी अस्पताल बाजुराको समन्वय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेकाे पहलमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो ।
कोल्टी अस्पतालमा उपचार सम्भवन नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नेपाल टेलिकम प्रमुखसहित ३ जनाको घटानस्थलमै मृत्यु भएको छ ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















