मुगुमा पक्की धर्मशाला निर्माण
तपेन्द्र एडी
२०८१ फाल्गुन १० | मध्यान्ह ०६:११ बजे

मुगु । अक्कल कोपिला फाउन्डेसनको सहयोग र समाजसेवी बालचन्द्र कार्कीको अगुवाईमा छायांनाथ रारा नगरपालिका ५ कार्कीवाडा खोलामा पक्की धर्मशाला निर्माण भएको छ
। समाजसेवी अक्कल बोहोराले गत बर्ष गृह जिल्ला मुगु आएको बेला कार्कीबाडा खोलामा बालचन्द्र कार्कीको अगुवाईमा धर्मशाला निर्माण गर्ने योजनाका साथ अक्कल कोपिला फाउन्डेसनको २ लाख र कार्कीवाडा गाउँका युवाको श्रमदानमा पक्की धर्मशाला निर्माण भएको हो ।
पक्की धर्मशाला निर्माण भए संगै ५ नम्बर वडाका स्थानीयलाई काजक्रिया लगायतका काम गर्न, पानी परेको बेला ओत लाग्न सहज भएको छ ।























