संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको आह्वान

नवलपुर टुडे


काठमाण्डौं । राष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलन गर्ने आह्वान गरेको छ । समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी ७५ औं प्रजातन्त्र विदवसको पुनित अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट देशवासीको नाममा बक्स भएको शुभकामना सन्देशको स्वागत गर्दै जनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान गरेको हो ।
पुर्व राजाबाट प्रजातन्त्र विदवसको अवसरमा जारी भएको शुभकामना सन्देश मार्फत भएको आह्वानलाई मन, वचन र कर्मले कार्यान्वयनको लागि प्रतिवद्धता समेत समितिले विज्ञप्ती मार्फत जाहेर गरेको छ । पुर्व राजाको अहृवानलाई साकार गर्न सार्वभौम नेपाली जनता, आधुनिक शक्तिको रुपमा रहेको सबै राजनीतिक दलहरु, विभिन्न राजनीतिक तथा धार्मिक संघ–संस्थाहरु, विभिन्न अभियानका अभियन्ताहरु, पत्रकारहरु, सुरक्षा निकायहरु, न्यायपालिका, राष्ट्रसेवक कर्मचारीहरु, कानुन व्यवसायी, प्राज्ञिक, डाक्टर, शिक्षक, विद्यार्थी, उद्योगपति, व्यापारी, मजदुर, किसान लगायत विभिन्न वर्ग क्षेत्रमा रहेका सबैको सहभागिता र सहकार्यका लागि समितिले अपिल पनि गरेको छ ।
समितिद्वारा जारी विज्ञप्तीमा मौसुफ सरकारको आव्हानलाई सफल पार्न नेपाल र नेपालीलाई बचाउन राजनीतिक एवं संवैधानिक मार्ग बाहेकको अर्को विकल्प छैन, त्यसको निमित्त निषेध र घृणा सृजना गर्ने मुलुकमारा अवैध २०७२ को संविधानलाई खारेज गर्दै, राष्ट्रिय मेलमिलापको आधारसिलामा खडा भएको आधुनिक र परम्फरागत शक्तिहरुलाई एकाकार गरी राष्ट्रिय शत्तिको निर्माण गर्ने, भू–राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा राजा, जनता र राजनीतिकदलहरुलाई सहि दिशानिर्देस गर्न, नेपाल अधिराज्यको संविधान २०४७ लाई पुनस्थापना गरी विकल्प रहित अहिंसक जन आन्दोलनको लागि नेपालको राष्ट्रिय झण्डामुनी गोलबद्ध भई निस्कलंक, सक्षम र वरिष्ठ राजानीतिज्ञको संयोजकत्वमा राष्ट्रिय अहिंसक जनआन्दोलन परिचालन समिति गठन गर्न सबै सरोकारवाला पक्षलाई आव्हान गरिएको छ ।


प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















