दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता चयन

नवलपुर टुडे


काठमाडौं । भारतीय जनता पार्टीले दिल्ली व्यवस्थापिका दलको नेतामा रेखा गुप्तालाई चयन गरेको छ । यससँगै अब उनी नै दिल्लीको नयाँ मुख्यमन्त्री हुने भएकी छन् ।
व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि रेखा गुप्ताले भनिन्, यहाँ मलाई आशीर्वाद दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। मेरा सबै साथी विधायकहरूले आफ्नो समर्थन दिएर मलाई यो जिम्मेवारी दिनुभएको छ। म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु। उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा हुनेछिन् । उनको शपथ बिहीबार हुँदैछ ।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। अन्तत रेखाले बाजी मारेकी हुन्।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















