चितवनमा प्रजातन्त्र दिवसको अवसरमा खेलकुद समिति र कभर्ड हलमा सरसफाई

नवलपुर टुडे


चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
समितिले ७५ औं प्रजातन्त्र दिवसको अवसर पारेर आज सरसफाई गरेको हो । आज बिहान भरतपुर कभर्ड हल र समितिको कार्यालय परिसरमा सरसफाई गरिएको अध्यक्ष राजन कार्कीले बताए ।
जिल्लाका बिभिन्न खेलकुद संघहरुसँगको सहकार्यमा कभर्ड हल र समितिको कार्यालय परिसर सफा गरिएको कार्कीले बताए । यससँगै आज नै खेलकुदका संघ संस्थाहरुसँग चियापान तथा अन्तरक्रिया पनि गरिएको थियो ।
कार्यक्रममा चितवन क्रिकेट संघ, भलिबल संघ, ब्याडमिन्टन संघ, कराँते महासंघ, सोतोकान संघ, सितिरियो कराँते संघ, एथ्लेटिक्स संघलगायत प्रशिक्षक तथा खेलाडीहरु सहभागी थिए । सो क्रमका खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले जिल्लाका सम्पूर्ण संघ संस्था, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई व्यवस्थित गर्दै लैजाने आफ्नो योजना रहेको बताएका थिए । जिल्लाको खेलकुद बिकासमा सबै सँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















