समाज

नेपालभाषाकाे लवजमा हाेच्चाएकाे आरोपमा कमेडियनसहित ४ जना विरुद्ध प्रहरीमा उजुरी दर्ता

रिदेन महर्जन
२०८१ फाल्गुन ६ | मध्यान्ह ०२:११ बजे

काठमाडौं । पुराना भजन गीतदेखि लिएर आधुनिक मेटल गीत गाएर चर्चाकाे शिखरमा पुगेका चर्चित युवा गायक कुमा सागरलाई हाेच्याएर गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकाे छ ।

साेमबार कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान, गायक सुजन जिम्बा विरुद्ध काठमाडाैं, भक्तपुर, ललितपुर, कीर्तिपुर, काभ्रे, पनौती लगायतका सयौको संख्यामा नेवाः समाजका अगुवा तथा विभिन्न क्षेत्रका अभियानताहरु भद्रकालीमा जम्मा भएर काठमाडाैं जिल्ला प्रहरी परिसर पुगेर निबेदन दर्ता गरेका हुन।

उनीहरूले उजुरीमा नेवा: संस्कार, संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको जनाइएकाे छ ।

विवाद बारे दुबै पक्षलाई राखेर छलफल चलाइने प्रवक्ता बोहराले गराएकाे छ । उजुरी कर्ताहरूले निवेदन दर्ता गराउन नाराबाजी समेत लगाएर प्रहरी परिसरमा पुगेका थिए ।

photo 2025 02 18 13 16 49

 

कमेन्टहरु