कपिलवस्तुमा चन्दादातालाई सम्मान
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, माघ २२ । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि चन्दा दिने दाताहरुलाई सम्मान र गुणस्तरीय शिक्षाकाे लागि अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै विद्यालयले गत वर्ष आयाेजना गरेकाे यज्ञ जागरण कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको हाे ।
यसै अवसरमा गाउँपालिकाकाे सहयोगमा १५ लाख बजेटकाे लागत निर्माण हुन लागेकाे २ काेठे भवनकाे शिलान्याससमेत गरिएको छ । पुर्व सांसद अभिषेक प्रताप शाह, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले मंगलबार संयुक्त रुपमा भवनकाे शिलान्यास गरेका हुन् ।
पुर्व सांसद अभिषेक प्रताप शाहले बालबालिकामा लगानी गर्नुपर्ने बताएका छन् । शिक्षाले समाजमा परिवर्तन ल्याउने हाे भन्दै छाेरीलाई पनि छाेरा सरह समान व्यवहार गर्दै छाेरीलाई शिक्षित बनाउन उनले आग्रह गरे । शिक्षा बिना हरेक विकासका काममा कल्पनासमेत गर्न गार्हो भएको बताउँदै गुणस्तरीय शिक्षाका लागि आफ्नो ठाउँबाट सक्दाे सहयोग गर्ने सांसद शाहले प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अभिभावक भेलाले शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिलाई जाेडेकाे बताएका छन् । उनले शिक्षा बिना संसारमा केही नभएको बताउँदै विद्यार्थी संख्या कम हुँदै जानु अभिभावकहरुले चुक्ने गरेकाे जिकिर गरे । यसमा गम्भीर भएर सबैेले जागरुकता देखाउन आवश्यक रहेकाे अध्यक्ष थापाकाे भनाइ छ । उनले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा पालिकाले सबै विद्यालय, मदरसाहरुमा आवश्यकता अनुसार लगानी गरि स्तरउन्नति गरेकाे बताए । स्थानीय सरकार आएपछि पहिला भन्दा चाैतर्फी विकास निर्माण लगायत क्षेत्रमा निकै परिवर्तन भएकाे उनले बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शिक्षा बिना मानव जीवन अन्धकार हुने बताउँदै बालबालिकालाई नियमित विद्यालयमा पठाउनु पर्नेमा जाेड दिइन् । विद्यार्थीकाे संख्या वृद्धिका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुकाे समिक्षा गरि निष्कर्ष निकालेर सक्रियता देखाउनुपर्ने उनलेे बताइन् । विद्यार्थीलाई सीप र व्यवसाययुक्त शिक्षाकाे आवश्यकता देखिएकाे चाैधरीकाे भनाइ छ ।
यसैगरी वडा ७ अध्यक्ष दिनेश कुमार चाैधरीले स्थानीय सरकार आएपछि शैक्षिक सुधार हुँदै गएको बताए । शैक्षिक सुधार र गुणस्तरीयताका लागि अभिभावककाेे भूमिकाकाे महत्त्वपूर्ण भएको बताउँदै शिक्षामा चाँसाे देखाउन उनले आग्रहसमेत गरे । विद्यार्थी संख्याकाे अनुपातमा शिक्षक दरबन्दी नभएकाे हुँदा शैक्षिक गुणस्तरीयतामा असर परेकाे उनलेे जिकिर गरे ।
कार्यक्रममा प्रधानाध्यापक बालजी चाैधरीले गत वर्ष भएको यज्ञ जागरण कार्यक्रमकाे आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विभिन्न प्रयत्न गर्दै आएकाे बताए । उनले स्वयंसेवक शिक्षक, नि:शुल्क काेचिङ्ग, अतिरिक्त अध्यापन, छलफलसहित विद्यालय परिवार लागेकाे बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार चाैधरीले छाेटाे समयमै फड्को मारेकाे बताए । विद्यार्थीकाे संख्या अनुसार अनुमति प्राप्त गरि मावि तह कक्षा सञ्चालन गरिकाे बताउँदै शिक्षालाई प्रभावकारी बनाउन विद्यालयकाे चाैतर्फी विकासका लागि लागेकाे बताए ।
कार्यक्रमलाई युवा नेता राशिद मिर्जा, समाजसेवी, रफिक मुसलमान, युवा नेता अमर पाैडेल ओम प्रकार यादव लगायतले सम्बाेधन गरेका थिए ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















