फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ सर्वसम्मत चयन

नवलपुर टुडे
२०८१ माघ २० | बिहान ०६:१० बजे

चितवन । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । शनिवार भएको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा बबिलाल तामाङ, सूचना गुरुङ, मुना मगर, देव कुमार थापा मगर, विनिता श्रेष्ठ, सबिता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ चयन भएका हुन् ।


















