समाज

डिभोर्सबारे गायिका चौहान भन्छिन्,’दुवैले सल्लाह गरेरै निर्णय लिएका हौं (भिडियोसहित)

नवलपुर टुडे
२०८१ माघ १९ | मध्यान्ह ०४:१० बजे

काठमाडौं। गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेदको घटनालाई जोडेर गालीगलौज नगर्न आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले आफूहरूले सल्लाह गरेरै छुट्टिने निर्णय गरेको बताउँदै यस विषयलाई कमाइखाने भाँडो नबनाइदिन आग्रह गरेकी छन्।

उनले श्रीमान् विष्णु सापकोटासँग विवाह गरेको वर्षदिन पनि नबित्दै डिभोर्सका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले खाएको भन्दा  पनि बढी पीडा हुने भन्दै उनले विष्णुलाई गाली नगर्नसमेत आग्रह गरेकी छन्।

‘बरु मलाई गाली गर्नू तर उहाँलाई गाली नगर्नू। आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले खाएको भन्दा पनि बढी हुने रहेछ,’ उनी भन्छिन्,’हामीले जानीजानी विहे गरेका हौं। म कलाकार हो भने थाहा थियो। भोलि योभन्दा ठूलो अवस्था आउन नदिनका लागि हामी छुटेका हौं। उहाँलाई पनि आफ्नो जिन्दगीको डिसिजनले लिने अधिकार छ।’

उनले यस विषयमा सोध्नका लागि आफूलाई फोनहरू आइरहेको बताउँदै बार-बार फोन नगर्नआग्रह गरेकी छन्। साथै उनले कसैले पनि विवाह डिभोर्स होस् भनी नगर्ने बताउँदै यस विषयलाई कमाइखाने भाँडो नबनाइदिन आग्रहसमेत गरेकी छन्। यो घटनाबाट सिकेर नयाँ जीवनको सुरुवात गर्न चाहेको बताउँदै उनी भन्छिन्।,’

अब नयाँ जीवनको सुरुवात गर्न चाहन्छु। जानेरै प्रेम गरेर। हतारिए पनि बुझेरै विहे गरें। अब सिकें।’

भिडियो:

कमेन्टहरु