चितवनका खेलकुद संघसंस्थालाई सूचिकृत हुन खेलकुद बिकास समितिको ताकेता

नवलपुर टुडे


चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले जिल्लाका सम्पूर्ण खेलकुद संघ संस्थालाई सूचिकृत हुन ताकेका गरेको छ । समितिले सूचना जारी गर्दै खेलकुदसँग सम्बन्धित संघ संस्थालाई सूचिकृत गरी दर्ता हुन ताकेता गरेको हो ।
समितिको माघ ६ गते बसेको बैठकले सूचिकृत तथा दर्ताका लागि आग्रह गरेको थियो । समितिले सम्पूर्ण संघ संस्थालाई फागुन १५ गते भित्र कागजातसहित सूचिकृत तथा दर्ताका लागि पुन: आह्वान गरेको हो । जिल्लाका खेलकुद सम्बन्धित संघ संस्था, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई व्यवस्थित गर्ने प्रकृया अघि बढाईएको समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।
दर्ता प्रकृयामा नजाने संघ संस्थाका लागि कुनै प्रकारको सिफारिस नगरिने सूचनामा उल्लेख छ । यस्तै त्यस्ता संघ संस्थालाई आर्थिकलगायत कुनै प्रकारको सहयोग नगर्न बागमती प्रदेश खेलकुद बिकास परिषद्लाई पत्रचार गरिने समेत सूचनामा भनिएको छ । समितिका अध्यक्ष कार्कीले आफूले कार्यभार सम्हाले लगत्तै जिल्लाको खेलकुद गतिविधिलाई व्यवस्थित गर्ने बिषयमा जोड दिएका छन् ।


प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















