वीरगन्जबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५० लाखभन्दा बढीको सामान बरामद

नवलपुर टुडे


वीरगन्ज । भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँबराबरको लत्ताकपडा तथा हार्डवेयरका समान सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुइँतलामा अवैध रूपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगन्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामान बरामद गरेको हो ।
गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँबराबरको लत्ताकपडा र एक लाख २१ हजार पाँच सय रुपैयाँबराबरको हार्डवेयरको सामान रहेको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















