समाज

फोटो पत्रकार प्रदीपकुमार श्रेष्ठ सम्मानित

नवलपुर टुडे
२०८१ माघ १४ | बिहान ०६:१० बजे

काठमाडौं । नेपाल जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटो मार्फत योगदान गरेको भन्दै नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गरेको छ ।

पहिलो पटक आयोजान गरिएको सम्मान कार्यक्रममा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरिएको छ। यो सम्मान पहिलो पटक दिएको सम्मान हो ।

संस्थाका निवर्तमान अध्यक्ष शिव अधिकारीले फोटो मार्फत संस्थाको गतिविधिलाई देखाउने पत्रकारलाई सम्मान गर्नु पर्छ भन्ने उदेश्यका कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले अबका दिनमा फोटो पत्रकारलाई पनि सम्मान गर्ने बताए।

कमेन्टहरु