नेपाल भाषा शिक्षक रितेश मल्ल नेपालभाषा स्यनामि दबू अध्यक्षमा मनाेनित

रिदेन महर्जन
29


काठमाडौं । नेपाल भाषा शिक्षक रितेश मल्ल नेपालभाषा स्यनामि दबू अध्यक्षमा मनाेनित भएकाे छ । माघ ६ गते आइतबार गठन भएकाे कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यको प्रमुख आतिथ्यमा दबूको गठन गरिएको थियो । काठमाडौं महानगरपालिका भित्रकाे सामुदायिक विद्यालयहरुमा नेपालभाषा अध्यापन भईरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन नेवाः देय् दबू अन्तर्गत रहेकाे छ ।
नवगठित यश दबूकाे उपाध्यक्ष सविना महर्जन, मुख्यसचिव राकेश महर्जन, सचिव सुष्मा डंगोल, मुख्य कोषाध्यक्ष मिला शाक्य र कोषाध्यक्ष अनिल महर्जन रहेका छन् । यसैगरी सदस्यहरुमा राम महर्जन, राजेन्द्र महर्जन, रजनी महर्जन, साजना महर्जन, लसता सिं, उर्मिला महर्जन, अनिता शाक्य, ओमकृष्ण श्रेष्ठ, राजु कपाली, सरिता मालाकार, राजेन्द्रलाल महर्जन र राधेश्याम महर्जन रहेका छन् । नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेवाः देय् दबूले एक कार्यक्रमको आयोजना गरी स्वागत एवम् शपथ ग्रहण गराउने छ । हालको लागि यस दबूमा काठमाडौं मनपा अन्तर्गत नेपालभाषा प्रशिक्षण सहायकहरु समावेश रहे पनि यसमा ललितपुर, कीर्तिपुर र तोखा नगरपालिकाका नेपालभाषाका शिक्षकहरुलाई पनि समावेश गर्दै नेपालभाषा शिक्षकहरुको संयुक्त संगठनको रुपमा लाने योजना रहेको नवगठित दबूका अध्यक्ष रितेश मल्लले जानकारी गराए ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले नेवाः देय् दबू नेवारहरुको सााझा राष्ट्रिय संगठन भएकोले यसमा थुप्रै पेशागत समूहहरु आबद्ध रहेको छ । अब नेपालभाषाका शिक्षकहरुको समूह पनि आबद्ध हुनुले आफु हर्षित भएको जनाए । कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव सत्यनारायण डंगोल, उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाडौं जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन, काठमाडौं जिल्ला समितिका उपाध्यक्ष श्रीजनमान श्रेष्ठ र नेवाः स्यनामि दबूका सचिव वरुणप्रसाद वैद्यलगायतको उपस्थिति जनाएकाे थियो ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
२०८३ कार्तिक २१ | मध्यान्ह ०३:०७ बजे

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे












