गिरीबन्धुमा प्रश्न उठिरहेका बेला भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद : देव गुरुङ

नवलपुर टुडे


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन् । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए ।
उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे । उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै उनले कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । उनले सदनमा विचाराधीन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन ? भन्दै प्रश्न गरे ।
महासचिव गुरुङले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए । उनले पछिल्लो समय भ्रष्टहरुलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोप समेत लगाए । सुशासन र मुलुकको स्वाधिनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उनको भनाइ थियो।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















