नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सल्यानको अध्यक्षमा चुडामणी

नवलपुर टुडे


सल्यान, माघ ५ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि पिएम (पुन मगर) निर्वाचित हुनुभएको छ । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो । दुई सदस्य पछि थप्नेगरी ९ सदस्यीय समिति चयन गरिएको छ । समितिको खुला उपाध्यक्षमा प्रदीप घर्ती मगर, महिला उपाध्यक्षमा अभिलाषा सिंह, सचिबमा ज्ञानेन्द्र पुन मगर, सहसचिवमा गोपाल पुन, कोषाध्यक्षमा कमला घर्ती र सदस्यमा कृष्ण घर्ति निर्वाचित हुनुभएको छ ।
यस्तै, सल्लाहकारमा सन्तोष घर्ती र यम थापालाई चयन गरिएको छ । प्रदेश परिषद पार्सदमा नवीन पिएम र सुस्मिता थापालाई चयन गरिएको छ । यस्तै, केन्द्रीय पार्सद सदस्यमा राजु पनुलाई चयन गरिएको छ । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले पत्रकार र पत्रकारिताको बिकासका निम्ति सबैले सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय स्वच्छ पत्रकारिताभन्दा पित पत्रकारिता मौलाएकाले यसलाई सुधार गर्नुपर्नछ ।” पत्रकारिता समाजको ऐना भएकाले सत्यतथ्यमा आधारित रहेर कलम चलाउन पुनले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले आदिवासी जनजातीका सवाललाई ध्यान दिएर पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















