श्री लक्ष्मण ललिता कुशवाहा माविमा २०६० सालका एसएलसी ब्याचद्वारा शिक्षक सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न

प्रदिप सिंह


लहान।सिरहाको लहान नगरपालिका ३ रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा २०६० सालका एसएलसी ब्याचका विद्यार्थीहरूले भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्।
लामो समयपछि एकै ठाउँमा भेला भएका पूर्वविद्यार्थीहरूले आफूलाई शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गर्दै पुराना सम्झना साटासाट गरेका थिए। कार्यक्रममा सम्मानका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र मैथिली गायक मुकेश यादवको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।
मोहम्मद रइज आलमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पूर्वशिक्षक रासलाल सिंहले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घोषण पुष्कर खतिवडाले गरेका थिए।
कार्यक्रममा विद्यालयकी संस्थापक तथा सञ्चालक ललिता देवी कुशवाहाले शिक्षकहरूको मेहनत र योगदानकै कारण विद्यालयले अहिलेको उचाइ हासिल गरेको बताइन्। आफ्ना शिष्यहरू विभिन्न क्षेत्रमा उच्च स्थानमा पुगेको देख्दा गर्व महसुस भएको उल्लेख गर्दै उनले पुनः भेटघाट गर्न पाउँदा खुसी व्यक्त गरिन्। साथै, आगामी दिनमा विद्यालयमा आउने शिक्षकहरूको गुणस्तरबारे चिन्तासमेत व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवशंकर महतो, शिक्षकहरू ओमप्रकाश महतो, शिक्षिका सुभद्रा आचार्य, रेणु देवी सिंह, चन्देश्वर महतो, रामनारायण शाह, पशुपति शाह, उपेन्द्र यादव, बद्री यादव, श्यामसुन्दर महतो, पुनम यादव तथा पूर्वशिक्षक राजकुमार चौधरी र श्रीराम महतोको उपस्थिति थियो। विद्यालयमा अङ्ग्रेजी माध्यम सञ्चालन गर्ने शिक्षक श्यामसुन्दर महतो पनि सहभागी थिए।
त्यस्तै, २०६० सालका एसएलसी ब्याचका दिवंगत विद्यार्थी स्वर्गीय लक्ष्मण महतोकी श्रीमती सूर्यकला महतो र स्वर्गीय सरोज शर्माकी आमा तुत्की देवी शर्माको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका संयोजक दीपक शाह र शिवराम महतोले पुराना साथीहरूबीचको सम्बन्धलाई पुनः जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कुनै साथी वा उनको परिवारमा समस्या आइपरे सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरे।
कार्यक्रमले पूर्वविद्यार्थी र शिक्षकबीचको आत्मीयता गुरुहरूप्रतिको सम्मान र पुरानो मित्रतालाई पुनः जीवन्त बनाएको थियो।



प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















