Opens in a new tab

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्‍यो १०६ रनको सामान्य लक्ष्य

नवलपुर टुडे

399Shares

सारांश

  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससामू १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन जोड्यो।
  • टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका थिए।
dida bag ad

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमयिर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको हो ।