जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

नवलपुर टुडे

सारांश
- विराटनगर महानगरपालिकाका १९ वटै वडामा भूउपयोग क्षेत्रको वर्गीकरण सम्पन्न भई जग्गाको कित्ताकाट खुला भएको छ।
- कित्ताकाट खुला भएपछि जग्गा किनबेच, अंशबन्डा र जग्गा विभाजनका काम सहज बन्नुका साथै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा गरिएको छ।
- महानगरपालिकाले आगामी एक महिनाभित्र जग्गासम्बन्धी प्रशासनिक कार्यलाई छिटो, सहज र पारदर्शी बनाउन ‘भू–सेवा’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाको भूउपयोग क्षेत्र वर्गीकरण पूरा भएसँगै जग्गाको कित्ताकाट खुला भएको छ । महानगरपालिकाले वर्गीकरणको अन्तिम प्रतिवेदन र आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
महानगरपालिकाले गत कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भूउपयोग क्षेत्र वर्गीकरणको विवरण कार्यान्वयन गर्न अनुरोध गरेको थियो । कित्ताकाट खुला भएसँगै जग्गा किनबेच, अंशबन्डा र जग्गा विभाजनलगायतका काम सहज हुने तथा घरजग्गा कारोबार चलायमान हुने अपेक्षा गरिएको छ ।
यसैबीच महानगरले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगर प्रमुख नागेश कोइरालाका अनुसार भू–सेवा सञ्चालन भएपछि जग्गासम्बन्धी प्रशासनिक काम छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
अरुपनि पढ्नुहोस
सबै
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन
















