Opens in a new tab

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

रासस

325Shares

सारांश

  • अछामको मङ्गलसेन नगरपालिका–४ की खीना बुढालाई स्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ।
  • गत कात्तिक २६ गते जिल्ला अस्पताल मङ्गलसेनमा प्रसूति भएर घर फर्किएकी उनको स्वास्थ्यमा अचानक समस्या आएको हो।
  • थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।
dida bag ad

अछाम । खीना बुढालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

कात्तिक २६ गते जिल्ला अस्पताल मङ्गलसेनमा प्रसूति भएपछि घर फर्किएकी बुढाको स्वास्थ्यमा अचानक गम्भीर समस्या भएपछि थप उपचारको लागि आज सुर्खेत लगिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले बुढाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको जानकारी दिए ।

बुढा मङ्गलसेन नगरपालिका–४ निवासी हुन् ।